Kathmandu Press

हेटौँडा उपमहानगरपालिकामा मतगणना जारी, एमालेको सुरुवाती अग्रता 

४५ मत गणना हुँदा एमाले उम्मेदवार अनन्त पौडेलले सुरुवाती अग्रता लिएका छन् । उनले ५३ मत पाउँदा एकीकृत समाजवादीकी  मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन्
हेटौँडा उपमहानगरपालिकामा मतगणना जारी, एमालेको सुरुवाती अग्रता 

मकवानपुर , वैशाख ३१ : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ।

मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए। 

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उनका अनुसार हेटौँडाको चार  वडाको मतगणना एकैपटक सुरु भएको छ । ती वडा नं १, २, १८ र १९ छन् । मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ। 

वडा नम्बर १ को १४५ मत गणना हुँदा एमाले उम्मेदवार अनन्त पौडेलले सुरुवाती अग्रता लिएका छन् । उनले ५३ मत पाउँदा एकीकृत समाजवादीकी  मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन्। 

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् ।


यस्तै नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका दिपक सिंहले २५ मत  पाएका छन् ।उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ६६ मत पाउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६२ मत ल्याएकी छिन् ।

 

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्