डडेल्धुराको पाँच पालिकामा मतगणना जारी
डडेलधुरा, वैशाख ३१ : डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ। जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल...
डडेलधुरा, वैशाख ३१ : डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ।
जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रमुख हरिप्रसाद पङ्गेनीले जानकारी दिए
अन्य दुई पालिकामा आजै मतगणना सुरू हुने बताए। भागेश्वर गाउँपालिकाको आज बिहान १० बजेपछि सुरु हुने भएको सहायक निर्वाचन अधिकृत हर्ष रोकाले बताए। अजयमेरू गाउँपालिका–२ चमडामा विवाद रहेको जनाइएको छ।
गन्यापधुरामा ४०० मतगणना गर्दा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार इन्द्र कार्कीले १९४ मत ल्याएर अग्रता लिएका छन्।
प्रकाशित मिति: १०:२० बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











