Kathmandu Press

आर्यघाटका श्रमिकको ज्याला बढ्यो, पाँच लाखसम्म उपदान पाउने

काठमाडौं, कात्तिक ६ : आन्दोलनमा उत्रिएपछि पशुपतिको आर्यघाटमा काम गर्ने श्रमिकको ज्याला बढेको छ। उनीहरूले पाउने उपदान रकम पनि बढाइएको छ।

आज ब....

आर्यघाटका श्रमिकको ज्याला बढ्यो, पाँच लाखसम्म उपदान पाउने

काठमाडौं, कात्तिक ६ : आन्दोलनमा उत्रिएपछि पशुपतिको आर्यघाटमा काम गर्ने श्रमिकको ज्याला बढेको छ। उनीहरूले पाउने उपदान रकम पनि बढाइएको छ।

आज बिहानदेखि पशुपतिको आर्यघाटमा काम गर्ने श्रमिक आन्दोलनमा उत्रिएका थिए। अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरा बोक्ने, खाडल खन्ने तथा शवदाह गर्ने कार्यमा संलग्न हुने श्रमिकले सेवा–सुविधा बढाउनुपर्ने माग गरी आन्दोलन गरेका थिए।

उनीहरूले आज बिहानदेखि अन्तिम संस्कारका लागि आवश्यक पर्ने दाउरा बोक्ने, खाडल खन्ने तथा शवदाह गर्ने कार्य रोकेका थिए। त्यसपछि पशुपति क्षेत्र विकास कोषले वार्तामा बोलाएको थियो। वार्तामा सहमति जुटेको सामुदायीक महाशाखाका प्रमुख राजु रेग्मीले बताए।

उनीहरुको ज्याला पनि बढाउने सहमति भएको छ। दाहसंस्कार गर्ने श्रमिकले पाउने रकम एक हजार दुई सयबाट बढाएर एक हजार पाँच सय पु¥याएको छ। यस्तै, चपटी र दाउरा ओसार्नेको ज्याला चार सयबाट बढाएर ६ सय हुने भएको छ।

सहमति अनुसार, अब श्रमिकले पाँच लाखसम्म उपदान पाउनेछन्। यसअघि ५० हजार, एक लाख र एक लाख ५० हजार उपदान पाउने गरेका श्रमिकले अब क्रमशः एक लाख ५० हजार, तीन लाख र पाँच लाख पाउनेछन्।

त्यस्तै, उनीहरुको उपचार खर्च पनि बढाइएको छ। यसअघि उनीहरुले पाउने गरेको पाँच हजार र २० हजारलाई बढाएर १५ हजार र ३० हजार पुर्‍याउने सहमति भएको छ।

यससँगै प्रत्येक दुई वर्षमा पारिश्रमिक वृद्धि गर्ने र उमेर हदलाई पनि ६० बाट बढाएर ६५ वर्ष पुर्‍याउने सहमति भएको छ।

प्रकाशित मिति: १३:५७ बजे, बुधबार, कात्तिक ६, २०७६