Kathmandu Press

विराटनगर महानगरपालिकामा मतगणना सुरु 

विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापा उम्मेदवार छन्। 
विराटनगर महानगरपालिकामा मतगणना सुरु 

काठमाडौं, वैशाख ३१ : विराटनगर महानगरपालिकामा मतगणना सुरु भएको छ।

सर्वदलीय बैठकबाट सहमति जुटेपछि महानगरपालिकाको मतगणना सुरु भएको छ। 
 
विराटनगरको मेयर पदमा गठबन्धनबाट नेपाली काँग्रेसका नागेश कोइराला र नेकपा एमालेका सागर कुमार थापा उम्मेदवार छन्। 

त्यस्तै, उपमेयरमा गठबन्धनबाट उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव तथा एमालेबाट शिल्पा कार्की प्रतिस्पर्धामा छन्। 

प्रकाशित मिति: १०:१५ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्