Kathmandu Press

काठमाडौं महानगरपालिकाको मतगणना सुरु 

शनिबार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिएको हो। 
काठमाडौं महानगरपालिकाको मतगणना सुरु 

काठमाडौं, वैशाख ३१ : काठमाडौं महानगरपालिकको मतगणना सुरु भएको छ । 

भृकुटीमण्डपस्थिति राष्ट्रिय सभागृहमा केहीबेरअघि मतगणना सुरु भएको हो। शनिबार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु गरिएको हो। 

मतगणनास्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। 

यसपाली काठमाडौं महानगरपालिकाको प्रमुखका लागि गठबन्धनबाट सिर्जना सिंह, एमालेका केशव स्थापित, विवेकशील साझाकी समीक्षा बाँस्कोटा, स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) लगायका उम्मेदवार छन् । 

प्रकाशित मिति: १०:०६ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्