Kathmandu Press

दार्चुलाका छांगरु र तिंकरबाट मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै

दार्चुला, वैशाख ३१ :  दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको...
दार्चुलाका छांगरु र तिंकरबाट मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै

दार्चुला, वैशाख ३१ :  दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदैछ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु र तिंकरको मत पेटिका नेपाली सेनाको हेलिकप्टरबाट ल्याउन लागिएको हो।

नेपालतर्फ बाटो नभएकाले हेलिकोप्टरको प्रयोग गरेर मतपेटिका र कर्मचारी ल्याउन लागिएको हो । दुई वटा मतदान केन्द्र रहेको वडा नम्बर १ को मतपेटिका छांगरुमा राखिएको छ । ती मतपेटिकालाई हेलिकप्टरमार्फत गाउँपालिका केन्द्र सुनसेरा ल्याइनेछ।

गत शनिबार छांगरु र तिंकरमा निर्वाचन सामाग्री, सुरक्षाकर्मी र निर्वाचनमा खटाइएका कर्मचारी हेलिकप्टरमार्फत पुर्याइएको थियो ।

व्याँस गाउँपालिका वडा नम्बर १ का दुई वटा मतदान केन्द्रमा साढे तीन सय बढी मत खसेको छ । मोती महिला संघ आधारभूत विद्यालय तिंकरमा १३६ र कैलाशपति आधारभूत विद्यालय छांगरुमा २१० मत गरी कुल ३ सय ५५ मत खसेको थियो ।

 

प्रकाशित मिति: ०९:५९ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्