मुस्ताङको लोघेकर दामोदरकुण्डमा एमाले विजयी
मुस्ताङ, वैशाख ३१ : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान...
मुस्ताङ, वैशाख ३१ : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन्।
चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन्।
अध्यक्षमा विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बनाए। उनका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन्। कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए।
लोघेकर दामोदरकुण्ड–१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए।
पाँच वडा रहेको लोघेकर दामोदरकुण्डमा एक हजार ४६२ मतदातामध्ये ९८० अर्थात ६७ प्रतिशत मत खसेको थियो। विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। उपाध्यक्षमा निर्वाचित गुरुङ यसअघि जिल्ला समन्वय समितिको प्रमुख थिइन्। (रासस)











