कीर्तिपुर नगरपालिकामा कांग्रेसको प्रारम्भिक अग्रता
काठमाडौं, वैशाख ३१ : नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर प्रारम्भिक अग्रता लिएको छ।शनिबार बिहानसम्म एक हजार मत गणना हुँदा कांग्रेसले अग्रता लिएको...
काठमाडौं, वैशाख ३१ : नेपाली कांग्रेसले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा प्रारम्भिक अग्रता लिएको छ।
शनिबार बिहानसम्म एक हजार मत गणना हुँदा कांग्रेसले अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कमला घिमिरेले बताइन्। गएरातिदेखि मतगणना शुरु भएको हो।
कांग्रेसका मेयर उम्मेदवार राजकुमार नकर्मीले ४२७ मत प्राप्त गरेका छन्। त्यस्तै, नेकपा (एमाले) का केशरत्न बज्राचार्यले २८० मत प्राप्त गरेका छन्।
यसैगरी, नेकपा (माओवादी केन्द्र) का शिवशरण महर्जनले ११७ र नेकपा (एकीकृत समाजवादी) का बटुककृष्ण थापाले २२ मत प्राप्त गरेका छन्। मतगणना जारी रहेको छ।
प्रकाशित मिति: ०७:५९ बजे, शनिबार, वैशाख ३१, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











