Kathmandu Press

पोखरा महानगरमा पनि मतगणनाको तयारी

पोखरा, वैशाख ३१ : पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ।मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले सर्वदलीय बैठक बोलाएको निर्वाचन कार्यालय...
पोखरा महानगरमा पनि मतगणनाको तयारी

पोखरा, वैशाख ३१ : पोखरा महानगरपालिकाको आज मतगणना गर्ने तयारी गरिएको छ।

मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले अहिले सर्वदलीय बैठक बोलाएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला समन्वय समितिको हलबाट गर्नेगरी तयारी गरिएको उनले बताए। सर्वदलीय वैठकपछि मतगणना गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भूगोलका हिसाबले देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा शुक्रबारको निर्वाचनमा करिब ६७ प्रतिशत मत खसेको छ। 

प्रकाशित मिति: ०७:१८ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्