नार्पाभूमिमा कांग्रेसका लामा र चामेमा एमालेका घले विजयी
हिमाली जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेपाली कांग्रेस र नार्पाभूमि गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।
मनाङ, वैशाख ३१ : हिमाली जिल्ला मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेपाली कांग्रेस र नार्पाभूमि गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्।
जिल्लाका चार स्थानीय तहमध्ये दुई गाउँपालिकाको मतगणना सकिएको हो। दुवै गाउँपालिकामा गएराति १ बजे मतगणना सकिएको हो।
नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन्। उनी १५८ मत पाएर निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका छन्। नार्पाभूमिमा ४४८ मतदातामध्ये ३०४ मत खसेको थियो।
त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनले ३२० मतले पाएका छन्।
चामेमा ६१० मत खसेका थिए। जसमा घलेले ३२० मत पाएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत पाएका छन्।
चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएकी छन्।
कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए।
उनका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए। मतगणना आज साँझसम्ममा सकिने उनको अनुमान छ।











