Kathmandu Press

ललितपुर महानगरमा केहीबेरमा मतगणना शुरु हुँदै

काठमाडौं, वैशाख ३१ : ललितपुर महानगरपालिका सहित अन्य स्थानीय तहमा आज मतगणना शुरु गरिँदै छ।ललितपुर महानगरपालिकामा आज बिहान मतगणना शुरु गर्ने तयारी रहेको...
ललितपुर महानगरमा केहीबेरमा मतगणना शुरु हुँदै

काठमाडौं, वैशाख ३१ : ललितपुर महानगरपालिका सहित अन्य स्थानीय तहमा आज मतगणना शुरु गरिँदै छ।

ललितपुर महानगरपालिकामा आज बिहान मतगणना शुरु गर्ने तयारी रहेको छ। बिहान ८ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिए।

ललितपुर महानगरमा ८६ हजार ५४० मत खसेको छ। महानगरमा जम्मा मतदाता एक लाख २२ हजार ८९० रहेका छन्।

त्यस्तै, गोदावरी नगरपालिकामा पनि आज मतगणना हुने भएको छ। गोदावरीमा ५४ हजार ३९९ जना मतदाता रहेका छन्।

 

प्रकाशित मिति: ०६:४९ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्