Kathmandu Press

काठमाडौं महागनरको मतगणना शुरु गर्ने तयारी

काठमाडौं, वैशाख ३१ : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुने भएको छ।गएराति बसेको सर्वदलीय बैठकले आज बिहानदेखि मतगणना शुरु...
काठमाडौं महागनरको मतगणना शुरु गर्ने तयारी

काठमाडौं, वैशाख ३१ : स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुने भएको छ।

गएराति बसेको सर्वदलीय बैठकले आज बिहानदेखि मतगणना शुरु गर्ने निर्णय गरेको हो। बिहान ८ बजेदेखि मतगणना शुरु गर्ने निर्णय भएको नेपाली कांग्रेसका प्रतिनिधि प्रश्नमान श्रेष्ठले जानकारी दिए।

मतगणनाको सबै तयारी पूरा भएको छ। दलका प्रतिनिधि पुगेसँगै मतगणना शुरु हुने जनाइएको छ।

काठमाडौं महानगरको मतगणना राष्ट्रिय सभा गृहमा हुनेछ। महानगरका सबै मत पेटिका गएराति नैै सभागृहमा राखिएको छ।

काठमाडौंमा तीन लाख २४२ मतदान छन्। करीब ५२ प्रतिशत मत खसेको जनाइएको छ।

प्रकाशित मिति: ०६:३५ बजे, शनिबार, वैशाख ३१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्