व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशी कुटिए, उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौं, वैशाख ३० : तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि निर्घाट कुटपिट भएको छ। नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जोशीमाथि शुक्रबार ८ नम्बर वडाको...
काठमाडौं, वैशाख ३० : तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीमाथि निर्घाट कुटपिट भएको छ।
नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जोशीमाथि शुक्रबार ८ नम्बर वडाको मतदान केन्द्र निरीक्षण गर्नेक्रममा कुटपिट भएको हो।
उनले मतदानस्थलमा आफ्नो प्रतिनिधिका बारेमा प्रश्न गर्दा आफू कुटिएको बताएका छन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ । दमौलीमा सामान्य उपचारपश्चात जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबार काठमाडौं ल्याइने तयारी गरिएको छ।
उनी पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । उनी कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलेको गाउँमा कुटिएका हुन्। उनले कांग्रेसका कार्यकर्ताहरुले आफूमाथि आक्रमण गरेको आरोप लगाएका छन्।
प्रकाशित मिति: १८:२२ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











