Kathmandu Press

धनुषामा एक युवकको गोली हानी हत्या

जनकपुर, कात्तिक ६ : धनुषामा एक युवकको गोली हानी हत्या गरिएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका पंकज चौधरीले जनकपुरधाम&....

धनुषामा एक युवकको गोली हानी हत्या

जनकपुर, कात्तिक ६ : धनुषामा एक युवकको गोली हानी हत्या गरिएको छ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका पंकज चौधरीले जनकपुरधाम–१ का मनोज साहको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार, पंकज पैसा माग्न मनोजको घरमा गएका थिए। पैसाकै विषयमा विवाद भएपछि गोली चलेको हो।पंकज पेस्तोल बोकेर मनोजको घरमा गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

उनका अनुसार, पैसा माग्ने विषयमा विवाद भएपछि पंकजले पेस्तोल निकालेर मनोजलाई गोली हानेका थिए।  पंकजलाई प्रहरी टोलीले पक्राउ गरेको छ। छिमेकीको घरमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक खनालले बताए।

पंकजको साथबाट प्रहरीले एउटा अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने १९ थान गोली र एउटा नलकटुवा पेस्तोल बरामद गरेको छ। नलकटुवा पेस्तोलमा लाग्ने तीन राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

 

प्रकाशित मिति: १२:५२ बजे, बुधबार, कात्तिक ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्