गोरखाको ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलायो
प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्। मनिषाको तिघ्रामा गोली लागेको छ ।
काठमाडौं, वैशाख ३० : गोरखाको भीमसेन थापा गाउँपालिका–२ को ताराखसे मतदान केन्द्रमा प्रहरीले गोली चलाएको छ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । प्रहरीले चलाएको गोली लागेर मतदान केन्द्रमा खटिएकी स्वयंसेविका मनिषा थापा घाइते भएकी छन्। मनिषाको तिघ्रामा गोली लागेको छ । उनलाई उपचारका लागि अस्पताल लगिएको छ।
‘प्रहरीका अनुसार कांग्रेस र माओवादीका कार्यकर्ताहरु झडप गर्दै मतपेटिका राखेको कोठामै छिरेपछि प्रहरीले गोली चलाएको हो,’ गोरखाका एसपी केदार खनालले भने।
घाइते मनिषाको अवस्था गम्भीर नरहेको बताइएको छ।
प्रकाशित मिति: १७:४७ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











