काभ्रेकाे पाँचखालसहित ५ स्थानीय तहको निर्वाचन स्थगित
मतदान स्थलमा झडप भइ मतदान हुन नसकेका मतदान केन्द्रमा निर्वाचन स्थगित गरिएको छ।
काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार केहीबाहेक देशैभर मतदान सम्पन्न भएको छ।
अधिकांश स्थानमा बिहान ७ बजेदेखि मतदान सुरु भएको थियो। विभिन्न जिल्लाका केही मतदान केन्द्रमा भने मतदान हुनै सकेन।
मतदान स्थलमा झडप भइ मतदान हुन नसकेका मतदान केन्द्रमा निर्वाचन स्थगित गरिएको छ।
काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम माध्यमिक विद्यालय मतदान केन्द्रको निर्वाचन स्थगित भएको छ । मतदान चलिरहँदा आक्रोशित भिडले मतदान केन्द्र तोडफोड गरेपछि आजको निर्वाचन स्थगित भएको हो।
त्यस्तै रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं.२ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो।
मतदान स्थगित भएका ठाउँमा पुनः निर्वाचन हुनेछ।
प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











