लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँ : पौडेल
काठमाडौं, वैशाख ३० : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनलाई घरआँगनबाटै सरकार छान्ने अवसरका रुपमा लिन आग्रह गरेका छन्। शुक्रबार बुटवल उपमहानगरपालिका–८ मा...
काठमाडौं, वैशाख ३० : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्थानीय तहको निर्वाचनलाई घरआँगनबाटै सरकार छान्ने अवसरका रुपमा लिन आग्रह गरेका छन्।
शुक्रबार बुटवल उपमहानगरपालिका–८ मा मतदान पश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले देशभर भइरहेको मतदान लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण रहेको बताए ।
उनले विवेकको प्रयोग गरि घरआँगनको सरकार चुन्न पनि मतदाताहरुलाई आग्रह गरेका छन्।
उनले निर्वाचनको माध्यमबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्ने जन चाहना पूरा भएको भन्दै यस निर्वाचन र यसपछिको नेतृत्वले जनता र जनप्रतिनिधीबीचको सम्बन्धलाई जिवन्त बनाउने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: १६:३६ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











