Kathmandu Press

मतदान अधिकृतलाई कुटपिट गरेपछि सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित 

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा एक समूहले  मतपेटिका  तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो। 
मतदान अधिकृतलाई कुटपिट गरेपछि सप्तरीको डाक्नेश्वरीमा मतदान स्थगित 

काठमाडौं, वैशाख ३० : सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ मा मतदान स्थगित भएको छ। 

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा एक समूहले  मतपेटिका  तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको हो। 

२ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा एक्कासी केही व्यक्तिले तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए। उनीहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन्। 

निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् ।
  
प्रकाशित मिति: १६:१२ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्