मतसंकेत देखाएर फेसबुकमा पोस्ट गरेका बाबुराम भट्टराईसँग आयोगले माग्यो स्पष्टीकरण
मतसंकेत देखाएर फेसबुकमा पोस्ट गरेका बाबुराम भट्टराईसँग आयोगले माग्यो स्पष्टीकरण
काठमाडौं, वैशाख ३०ः निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईसँग मतसंकेतका सम्बन्धमा स्पष्टिकरण मागेको छ।
गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र सामाजिक सञ्जालमा प्रचारप्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो। शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमा पोस्ट गरेका थिए ।
निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । निर्वाचन आयोगले २४ घण्टाभित्र जवाफ दिनु भन्दै भट्टराईको नाममा पत्र काटेको छ।
प्रकाशित मिति: १५:०९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











