Kathmandu Press

दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

शुक्रबार बिहान एकाध बाहेक अधिकांश स्थानमा बिहान ७ बजेदेखि मतदान सञ्चालन भइरहेको छ। केही स्थानमा विवादका कारण मतदानमा अवरोध सिर्जना भएका छन्। 
दिउँसो २ बजेसम्म ४१ प्रतिशत मतदान

काठमाडौं, वैशाख ३० : स्थानीय तहको निर्वाचनअन्तर्गत आज भएको मतदानमा दिउँसो २ बजेसम्म करिब ४१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 
    
शुक्रबार बिहान एकाध बाहेक अधिकांश स्थानमा बिहान ७ बजेदेखि मतदान सञ्चालन भइरहेको छ। केही स्थानमा विवादका कारण मतदानमा अवरोध सिर्जना भएका छन्। 

कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमध्ये कपिलबस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको उनको भनाइ थियो।  

विवाद उत्पन्न भएका स्थानहरुमा सर्वदलीय बैठकमार्फत समस्या समाधान गरी मतदान सुचारु गर्ने प्रयत्न भएका छन् । 

प्रकाशित मिति: १४:४३ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्