रौतहटको गढीमाईमा झडप, १५ जना घाइते
काठमाडौं, वैशाख ३० : रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ। मतदानका विषयमा उम्मेदवारका समर्थकबीच विवाद हुँदा झडप भएको हो। झडपमा...
काठमाडौं, वैशाख ३० : रौतहटको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ।
मतदानका विषयमा उम्मेदवारका समर्थकबीच विवाद हुँदा झडप भएको हो। झडपमा १५ जना घाइते भएका छन्।
दुई पक्षबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको छ।
त्यस्तै गढीमाई–६ सिंगारवनमा नेकपा एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार रामविनोद यादवको मोटरसाइकलमा आगजनी भएको छ।
मतदानको विषयमा रौतहटको फतुवा विजयपुर, मौलापुर, गुजरा लगायतका नगरपालिकाहरुमा विवाद देखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १४:३८ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











