Kathmandu Press

नुवाकोटमा मतदानस्थलमै पैसा बाँड्ने कांग्रेस उम्मेदवार पक्राउ

काठमाडौं, वैशाख ३० : नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारमा कांग्रेस उम्मेदवारले मतदानस्थलमै मतदातालाई पैसा बाँडेको पाइएको छ।भद्रुटारको बच्छला मावि मतदान केन्द्रमा मतदातालाई पैसा बाँड्दै गरेको...
नुवाकोटमा मतदानस्थलमै पैसा बाँड्ने कांग्रेस उम्मेदवार पक्राउ

काठमाडौं, वैशाख ३० : नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ भद्रुटारमा कांग्रेस उम्मेदवारले मतदानस्थलमै मतदातालाई पैसा बाँडेको पाइएको छ।

भद्रुटारको बच्छला मावि मतदान केन्द्रमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा कांग्रेसबाट वडा सदस्यका उम्मेदवार बनेका रामजङ्ग बुढाथोकी पक्राउ परेका हुन् ।  

मतदान गर्न आएकी स्थानीय मिठू सुनारलाई आफ्नो पक्षमा मतदान गर्न पाँच सय रुपैयाँ दिँदै गर्दा बुढाथोकी पक्राउ परेका हुन्।

मतदातालाई पैसा बाँडेको पाइएपछि विपक्षी दलका उम्मेदवारहरु कृष्ण प्रसाद पाण्डे लगायतले निर्वाचन अधिकृत समक्ष उजुरी दिएका छन्। 

उनीहरुले निर्वाचन आचारसंहिता विपरित पैसा बाँड्ने उम्मेदवारको उम्मेदवारी खारेजी गर्नुपर्ने माग राखेका छन्।  स्थिति तनावपूर्ण बनेपछि मतदान रोकिएको छ । 

प्रकाशित मिति: १२:३८ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्