एमाले अध्यक्ष ओलीद्वारा मतदान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।
काठमाडाैं, वैशाख ३०ः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् ।
उनले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
झापा–५ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वप्रधानमन्त्री ओलीको जन्म भने तेह्रथुममा भएको थियो। तेह्रथुमबाट झापा बसाइ सरेका ओली हाल बालकोट बस्दै आएका छन्।
प्रकाशित मिति: १२:२६ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











