Kathmandu Press

स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना , १३ जनाको मृत्यु 

काठमाडौं, वैशाख ३० : स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना भएको छ । जिल्लाको वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको...
स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना , १३ जनाको मृत्यु 

काठमाडौं, वैशाख ३० : स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना भएको छ । 

जिल्लाको वालिङ नगरपालिका–४ पञ्चमूल अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको जिप सडकबाट ५०० मिटर तल खसेको हो।

दुर्घटनामा परि १३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । 

दुर्घटनामा मृत्यु हुनेको सनाखत भइसकेको छैन भने घाइतेहरुलाई पोखराको गण्डकी मेडिकल कलेज पठाइएको छ । 

प्रकाशित मिति: १२:२३ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्