स्थानीय तह निर्वाचन : मध्याह्न १२ बजेसम्म तीस प्रतिशत मत खस्यो
निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलका अनुसार अधिकांश स्थानमा शान्तिपूर्ण तवरबाट मतदान सञ्चालन भइरहेका छन् । केही स्थानमा भने विभिन्न कारणले स्थिति तनावपूर्ण भएपछि मतदान रोकिएका छन्।
काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचन अन्तर्गत देशैभरि मतदान चलिरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा मध्याह्न १२ बजेसम्म ३० प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन्।
उनका अनुसार अधिकांश स्थानमा शान्तिपूर्ण तवरबाट मतदान सञ्चालन भइरहेका छन् । केही स्थानमा भने विभिन्न कारणले स्थिति तनावपूर्ण भएपछि मतदान रोकिएका छन्।
विभिन्न राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएका स्थानहरुमा सर्वदलीय बैठकबाट मतदान सुचारु गर्ने प्रयत्न भइरहेको प्रवक्ता पौडेलले बताए।
दोलखा, सर्लाही र हुम्ला, गोरखा, सिन्धुपाल्चोक लगायत जिल्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएका छन् । केही स्थानहरुमा प्रहरीले हवाई फायर समेत गरेको छ।
प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











