Kathmandu Press

बझाङमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, मतपत्र च्यातियो 

झडपका क्रममा केही मतपत्र पनि च्यातिएको बताइएको छ। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको छ। 
बझाङमा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, मतपत्र च्यातियो 

काठमाडौं, वैशाख ३० : बझाङमा गठबन्धन दल र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं ७ अन्तर्गत सुनिलपिपल चौर मावि मतदान केन्द्रमा दुई पक्षबीच झडप भएको हो। 

झडपका क्रममा केही मतपत्र पनि च्यातिएको बताइएको छ। स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले हवाई फायर गरेको छ। 

झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

प्रकाशित मिति: ११:५२ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्