Kathmandu Press

सर्लाहीको धनकौलमा मतदान सुरु भएन, रौतहटमा ५ राउण्ड हवाई फायर 

मतदान केन्द्रमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
सर्लाहीको धनकौलमा मतदान सुरु भएन, रौतहटमा ५ राउण्ड हवाई फायर 

काठमाडौं, वैशाख ३० : रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएपछि मतदान रोकिएको छ। नगरपालिकाको शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।

सर्वदलीय छलफल गरेर मतदान पुनः सुचारु गर्न लागिएको रौतहटका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्। 

त्यस्तै सर्लालहीको धनकौल गाउँपालिकामा पनि प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ। गाउँपालिकाको वडा नम्बर २ को पशुसेवा मतदान स्थलमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हवाई फायर गरेको हो। 

यहाँ भने अहिलेसम्म पनि मतदान सुरु हुन सकेको छैन । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सशस्त्र र नेपाल प्रहरीलाई मतदानस्थलमा तैनाथ गरिएको र नेपाली सेनाको टोली पनि आइसकेकाले चाँडै मतदान सुरु हुन लागेको जानकारी दिएका छन्। 

प्रकाशित मिति: ११:४२ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्