Kathmandu Press

गोरखाको घ्याल्चोक मतदान केन्द्रमा हवाई फायर

स्थानीय ज्ञानमार्ग माविको मतदान केन्द्रमा मत खसाल्ने क्रममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएपछि प्रहरीले हवाई फायर गरेको छ। 
गोरखाको घ्याल्चोक मतदान केन्द्रमा हवाई फायर

काठमाडौं, वैशाख ३० : गोरखाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। स्थानीय ज्ञानमार्ग माविको मतदान केन्द्रमा मत खसाल्ने क्रममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच हात हालाहाल भएको हो। 

दुई समूहबीच झडप भएपछि कार्यकर्ताहरुले मतदान केन्द्रको बारसमेत भत्काएको बताइएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ। 

स्थिति तनावपूर्ण बनेपछि केहीबेर मतदान समेत रोकिएको थियो । झडपलगत्तै सर्वदलीय बैठक बसेर मतदान पुनः सुचारु गरिएको छ।  

प्रकाशित मिति: ११:२५ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्