Kathmandu Press

मतदानपछि प्रधानमन्त्री देउवाले भने – चुनाव हुँदैन भन्ने ओलीजीले पनि भोट हाल्नु भयो होला

काठमाडौं , वैशाख ३०: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक...
मतदानपछि प्रधानमन्त्री देउवाले भने – चुनाव हुँदैन भन्ने ओलीजीले पनि भोट हाल्नु भयो होला

काठमाडौं , वैशाख ३०: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। देउवाले डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम माध्यामिक विद्यालयस्थित मतदान केन्द्र (ख)बाट आज बिहान मतदान गरेका हुन्।

मतदान गरेपछि प्रधानमन्त्री देउवाले सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गरेका थिए। ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो होला,’ देउवाले भने।

Hardik ivf

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन मिति घोषणा भएपछि धेरैपटक प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेताले चुनाव सार्ने षड्यन्त्र गरेको आरोप लगाउँदै आएका थिए।

स्थानीय निर्वाचन नै लोकतन्त्रको मूल स्तम्भ भएकाले सहज रुपमा निर्वाचन सम्पन्न गर्नु नै सरकारको प्रमुख दायित्व भएको देउवाले बताए।

प्रकाशित मिति: ११:२० बजे, शुक्रबार, वैशाख ३०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्