दलका प्रतिनिधिले मतदान गर्न सघाएपछि सिन्धुपाल्चोकमा तनाव
काठमाडौं, वैशाख ३० : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित ज्यामिरेमा रहेको बुथमा ठेलमठेल भएको छ। अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि तनाव...
काठमाडौं, वैशाख ३० : सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ स्थित ज्यामिरेमा रहेको बुथमा ठेलमठेल भएको छ।
अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि तनाव उत्पन्न भएको हो।
स्थिति तनावपूर्ण अवस्थामा जान लागेपछि नेपाली सेनाको टोलीले हतियार तेस्र्याएका थिए ।
सेनले स्थितिलाई नियन्त्रणमा लिएपछि अहिले मतदान सामान्य रुपमा चलिरहेको बताइएको छ।
प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











