मतदानपछि प्रचण्डले भने – जित र हार निर्वाचनको स्वाभाविक प्रक्रिया हो
काठमाडौं, वैशाख ३० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान...
काठमाडौं, वैशाख ३० : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर महानगरपालिका–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका छन्।
मतदान पछि सञ्चारकर्मीसंग कुराकानी गर्दै उहाँले भयरहित वातावरणमा आत्मविश्वासका साथ स्वतन्त्रतापूर्वक मतदान सहभागी हुन मतदातालाई अपिल गरे । उनले भने, ‘उनले स्थानीय तह नै जनताको विश्वास, समृद्धि, शान्ति र स्थिरताको आधारशीला भएको हो।’
सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, ‘जित्ने र हार्ने कुरा निर्वाचन प्रक्रियामा स्वभाविक हो भनेर मान्नुपर्छ । यो गठबन्धन देशका सबै तह, तप्का र जनताको बीचबाट जन्मिएको हो।’
प्रकाशित मिति: १०:५९ बजे, शुक्रबार, वैशाख ३०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











