Kathmandu Press

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा मतदान

कांग्रेस वरिष्ठ नेता पौडेलद्वारा मतदान

काठमाडौं, वैशाख ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गरेका छन्। 

मतदान पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले  सङ्घीयताबाट नै देशको विकास र उन्नति सम्भव रहेको बताए। उनले भने, ‘सङ्घीयता विकासका लागि फलदायी भएको छ ।  स्थानीय तहले विकासको खाका कोरेको छ, सङ्घीयता सफल हुँदैछ र सङ्घीयताबाट देशको विकास र उन्नति सम्भव छ।’

 वरिष्ठ नेता पौडेलले नेपालको चौतर्फी विकासका लागि स्थानीय तहले सहयोग पुग्ने धारणा राखे। 

प्रकाशित मिति: १०:४७ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्