Kathmandu Press

मतदान गर्दै प्रधानमन्त्रीले भने– गठबन्धनले कांग्रेस कमजोर भएको छैन

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताएका छन् । शुक्रबार बिहान मतदानपश्चात संक्षिप्त प्रतिक्रिया दिँदै...
मतदान गर्दै प्रधानमन्त्रीले भने– गठबन्धनले कांग्रेस कमजोर भएको छैन

काठमाडौं, वैशाख ३० : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनले कांग्रेस कमजोर नभएको बताएका छन् । शुक्रबार बिहान मतदानपश्चात संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले कांग्रेस कहिल्यै पनि कमजोर नभएको बताएका हुन्। 

उनले स्थानीय तह निर्वाचनले लोकतन्त्र थप बलियो भएको पनि बताए। स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुँदैन भन्नेहरु पनि निर्वाचनमा सामेल भएको बताउँदै प्रधानमन्त्री देउवाले सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको बताए । 

उनले स्थानीय तहको समृद्धि र विकासका लागि निर्वाचन महत्वपूर्ण रहेको बताए। प्रधानमन्त्री देउवाले डडेलधुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका छन्। 


 

प्रकाशित मिति: १०:३८ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्