Kathmandu Press

स्थानीय चुनाव: देशभर मतदान शुरू

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको छ।
स्थानीय चुनाव: देशभर मतदान शुरू
तस्बिर: सुजल बज्राचार्य

काठमाडौं, वैशाख ३० : स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज बिहान ७ बजेदेखि देशभर मतदान शुरु भएको छ।

निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण रुपमा मतदान शुरु भएको हो। आज साँझ ५ बजेसम्म मतदान हुनेछ।

मतदानका लागि बिहानैदेखि मतदाता आआफ्नो मतदान केन्द्र पुगेका थिए। कतिपय बिहान झिसमिसेमै मतदान केन्द्र पुगेका छन्।

आज देशभरका ७५३ स्थानीय तहमा मतदान शुरु भएको हो। जसमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन्।

देशभरबाट ३५ हजार २२१ जनप्रतिनिधि चयन हुनेछन्। जसमा ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

आज कपिलवस्तुको महाराजगंज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका १७ मा मात्रै मतदान रोकिएको छ। त्यहाँ उम्मेदवारको मृत्यु भएका कारण जेठ ३ गते निर्वाचन हुनेछन्।

 

प्रकाशित मिति: ०७:१५ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्