Kathmandu Press

आज बिहानैदेखि सवारी साधन सञ्चालनमा रोक

काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचनका लागि आज आज बिहान ६ बजेदेखि नै देशभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।चुनावलाई शान्तिपूर्ण र...
आज बिहानैदेखि सवारी साधन सञ्चालनमा रोक

काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचनका लागि आज आज बिहान ६ बजेदेखि नै देशभर सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

चुनावलाई शान्तिपूर्ण र मर्यादित बनाउन बिहानैदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ। आज साँझ मतदान सम्पन्न भएपछि मात्रै सवारी साधन सञ्चालनमा आउनेछन्।

यो अवधिमा अत्यावश्यक काममा हुने गाडी भने सञ्चालन हुनेछन्। एम्बुलेन्स, शववाहन, दूध तथा तरकारी बोकेका गाडी लगायत अत्यावश्यकीय सेवाका गाडीलाई चल्नेछन्।

अन्य आवश्यक सेवाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा निर्वाचन आयोगको कार्यालयबाट पासको व्यवस्था गरिएको आयोगले जनाएको छ।
 

प्रकाशित मिति: ०७:०६ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्