Kathmandu Press

आज स्थानीय निर्वाचन, केहीबेरमा मतदान शुरु हुँदै

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज देशभर एकै पटक निर्वाचन हुँदै छ।
आज स्थानीय निर्वाचन, केहीबेरमा मतदान शुरु हुँदै

काठमाडौं, वैशाख ३० : स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज देशभर एकै पटक निर्वाचन हुँदै छ।

निर्वाचन आयोगले चुनावको सबै तयारी पूरा भएको जनाएको छ। आयोगका आज बिहान ७ बजेदेखि मतदान शुरु हुनेछ। साँझ ५ बजेसम्म मतदान गर्ने समय तोकिएको छ।

देशभरका ७५३ वटै स्थानीय तहमा निर्वाचन हुने लागेको हो। सबै स्थानीय तहमा ३५ हजार २२१ जनप्रतिनिधि निर्वाचित हुनेछन्। यसमध्ये ३५५ जना निर्विरोध निर्वाचित भइसकेका छन्।

आयोगका अनुसार आज मतदान गर्न देशभर १० हजार ७५३ मतदानस्थल तोकिएका छन्। त्यस अन्तर्गत २१ हजार ८७७ मतदान केन्द्रबाट भोट हाल्ने व्यवस्था गरिएको छ।

यस पटक एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउनेछन्। देशभर एक लाख ४५ हजार ११ उम्मेदवार चुनावी मैदानमा छन्।

 

प्रकाशित मिति: ०६:२६ बजे, शुक्रबार, वैशाख ३०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्