शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण
काठमाडौं, वैशाख २९ : गृहमन्त्री बालकृष्ण खाणले स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्...
काठमाडौं, वैशाख २९ : गृहमन्त्री बालकृष्ण खाणले स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
आज मतदाताहरुमा एक अपिल गर्दै सम्पूर्ण नेपालीहरुमा निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाँउ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोट गर्न आफ्नो अमूल्य अभिमत प्रदान गर्न अनुरोध गरेका हुन् ।
खाणले संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पु¥याउन निर्वाचनमा सक्रिय रूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह पनि गरेका छन् ।
उनले सरकारले सुरक्षा व्यवस्थासम्बन्धी र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको पनि जानकारी दिएका छन् ।











