Kathmandu Press

मौन अवधिमा प्रचारप्रसारमा हिडेकाे भन्दै प्रचण्डसहित चार जनालाई साेधियाे स्पष्टिकरण

काठमाडाैं, बैशाख २९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मौन अवधिमा भरतपुर पुगेर प्रचाप्रसारमा लागे भन्दै निर्वाचन आयाेगले प्रचण्डसहित प्रहरी चार...
मौन अवधिमा प्रचारप्रसारमा हिडेकाे भन्दै प्रचण्डसहित चार जनालाई साेधियाे स्पष्टिकरण

काठमाडाैं, बैशाख २९ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मौन अवधिमा भरतपुर पुगेर प्रचाप्रसारमा लागे भन्दै निर्वाचन आयाेगले प्रचण्डसहित प्रहरी चार जनालाई स्पष्टीकरण सोधेकाे छ।

बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) पुजा सिंह, चितवनका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र प्रहरी उपरीक्षक नवराज अधिकारीलाई स्पष्टीकरण सोधेकाे हाे।

आयाेगले बिहीबार तीन जनालाई आठ घण्टे स्पष्टीकरण सोधिएको हो। साथै, आचारसंहिता उल्लंघन गरेको भन्दै प्रचण्डलाई पनि स्पष्टीकरण सोधिएको छ।

प्रचण्ड भरतपुर आएको र मौन अवधिमा प्रचारप्रसारमा संलग्न भएर आचारसंहिताको उल्लंघन भएको विषयलाई रोक्न नसकेको, प्रचारप्रसार भएको विषय मुख्य निर्वाचन अधिकृतलाई जानकारी पनि नगराएको, आचारसंहिता उल्लंघन भइरहँदा स्वयम् उपस्थित भएर कारबाही नगरी मौन बसेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण सोधेको आयाेगले जनाएकाे छ।

मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको भन्दै नेकपा एमालेका कार्यकर्ता अस्मिन घिमिरेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दिएको उजुरी दरपीठ भएको थियो।

तर आफूले दिएकाे उजुरी प्रमाण पुगेन भन्दै निर्वाचन कार्यालयले दर्ता नगरेकाे घिमिरेकाे भनाइ छ।

 

प्रकाशित मिति: २०:०५ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्