Kathmandu Press

सुनसान जमुनाहा नाका (तस्बिरहरु) 

काठमाडौं, वैशाख २९ : नेपाल–भारत सीमानाका जमुनाहा यति वेला सुनसान छ । मंगलबार मध्यरातबाट बन्द भएको नेपाल भारत सिमानाका आवतजावतमा रोक लगाएपछि सुनसान देखिएको...
सुनसान जमुनाहा नाका (तस्बिरहरु) 

काठमाडौं, वैशाख २९ : नेपाल–भारत सीमानाका जमुनाहा यति वेला सुनसान छ । मंगलबार मध्यरातबाट बन्द भएको नेपाल भारत सिमानाका आवतजावतमा रोक लगाएपछि सुनसान देखिएको हो। 

नेपालमा शुक्रवार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरि नेपाल–भारत सीमानाका ७२ घण्टाका लागि बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए । उनले नेपाल–भारत नाका ३० बैशाख गते राती १२ बजेपछि संचालनमा आउने बताए। 

स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका सीमानाका बन्द हुने उनले बताए ।  निर्वाचनलाई असर गर्ने मनसायले भारतबाट साना हतियार ओसार पसार हुन सक्ने सम्भावनालाई मध्यनजर गरि नाकामा कडाई गरिएको प्रशासनले जनाएको छ।

स्थानीय तह निर्वाचनका लागि बाँकेमा ४ हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ।

बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय ७९ मतदान स्थल रहेका छन । बाँकेका १ सय ३६ मतदान केन्द्र मध्ये १ सय ६ मतदान केन्द्र अति नै संबेदनशिल भएको र ३० मतदान केन्द्र संबेदनशिल रहेको सुरक्षा विश्लेषण गरी त्यसै अनुरुप सुरक्षा प्रबन्ध मिलाईएको प्रमुख जिल्ला अधिकारी खत्रीले बताए ।

प्रकाशित मिति: १६:०५ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्