Kathmandu Press

ताप्लेजुङको मिक्लाजुङमा २४ वर्षीय युवक मृत फेला 

मिक्लाजुङ, वैशाख २९ :  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन्। बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल...
ताप्लेजुङको मिक्लाजुङमा २४ वर्षीय युवक मृत फेला 

मिक्लाजुङ, वैशाख २९ :  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–१ दुम्जाका एक युवक मृतावस्थामा फेला परेका छन्। 

बुधबार साँझ दोभानबाट आफ्नो घर खोक्लिङतर्फ गएका २४ वर्षीय विमल कार्की मृतावस्थामा फेला परेका हुन्। 

जेसिबी अपरेटरका रुपमा काम गर्दै आएका उनी मतदानका लागि छुट्टी लिएर घरतर्फ गएका थिए। बेलुकासम्म परिवारसँग सम्पर्क भए पनि समयमा घर नपुगेपछि खोजतलास गर्ने क्रममा मृतावस्थामा फेला परेको स्थानीयले बताएका छन्। 

घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। 

प्रकाशित मिति: १३:४६ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्