Kathmandu Press

निर्वाचनका बेला पैसा बाँडेको आराेपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

काठमाडाैं, वैशाख २९ : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको...
निर्वाचनका बेला पैसा बाँडेको आराेपमा मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ

काठमाडाैं, वैशाख २९ : मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

अन्सारीलाई धनुषा प्रहरीले जनकपुरधामस्थित सीतासरण होटेलबाट निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा नियन्त्रणमा लिएको हो।

अन्सारीलाई नियन्त्रणमा लिएपछि केहि युवाहरुले होटल परिसरमा नारावाजी गरेका थिए। २०७५ साल चैतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए।

घटनाको थप अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १३:११ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्