Kathmandu Press

नेकपा (बहुमत) का संयोजक बास्तोला प्रहरीकाे नियन्त्रणमा परेकाे ६ घन्टापछि रिहा

पोखरामा आयोजित राजनीतिक प्रशिक्षण सम्पन्न गरेर गृह  जिल्ला  बाँके जाँदै गर्दा आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङमा उनी पक्राउ परेका थिए।
नेकपा (बहुमत) का संयोजक बास्तोला प्रहरीकाे नियन्त्रणमा परेकाे ६ घन्टापछि रिहा

वैशाख, दाङ २९ : नवगठित नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला प्रहरीकाे नियन्त्रणमा परेकाे ६ घन्टापछि रिहा भएका छन्।

नियन्त्रणमा लिएको करिब ६ घन्टापछि दाङको भालुबाङस्थित इलाका प्रहरी कार्यालयले उनलाई रिहा गरेको हो।

पोखरामा आयोजित राजनीतिक प्रशिक्षण सम्पन्न गरेर गृह  जिल्ला  बाँके जाँदै गर्दा आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङमा उनी पक्राउ परेका थिए।

बुटवलमा भएको बम विस्फोटसँग जोडेर दाङ प्रहरीले बस्तोलालाई षड्यन्त्रपूर्वक पक्राउ गरेपछि नेकपा (बहुमत) केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश वलीले  विज्ञप्तिमार्फत आपत्ति जनाउँदै तुरुन्त रिहाइ नभए देशव्यापी रूपमा संघर्ष गर्ने चेतावनी दिएका थिए।

विस्फोटको घटनामा नेकपा (बहुमत) को संलग्नता हुन सक्नै भन्दै सोधपुछका लागि बास्तोलालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।

बास्तोलाका सहयोगीहरू राजेन्द्र साउद र अचल मोक्तानलाई पनि निगरानीमा राखिएको र बम विस्फोटमा संलग्नता नदेखिएपछि रिहाइ गरिएको भालुबाङप्रहरीले जनाएको छ।

नेकपा (बहुमत) का जारी गरेको विज्ञप्तिमा चुनाव बहिस्कार गर्ने कुनै नीति नभएको उल्लेख छ।

प्रकाशित मिति: ११:५२ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्