Kathmandu Press

मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ 

काठमाडौं, वैशाख २९ : सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ परेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन...
मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ 

काठमाडौं, वैशाख २९ : सुर्खेतमा मतदातालाई पैसा बाँड्दै गरेको अवस्थामा एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ परेका छन् । जिल्लाको गुर्भाकोट नगरपालिका–११ का वडाध्यक्षका उम्मेदवार राजन विसीलाई बुधबार राति पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिसीले मतदातालाई सोही वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख १ हजार रुपैयाँसहितको झोला फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। 

पक्राउ परेका विसीलाई प्रहरी चौकी मेहलकुनामा राखिएको र निर्वाचन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: ११:११ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्