एमाले उपमहासचिवसँग आयोगले माग्यो स्पष्टीकरण
काठमाडौं, वैशाख २९ : नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उपमहासचिव गुरुङसँग...
काठमाडौं, वैशाख २९ : नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ।
मौन अवधिमा आचारसंहिता उल्लंघन गरेको आरोपमा आयोगले उपमहासचिव गुरुङसँग २४ घण्टे स्पष्टीकरण मागेको हो। उनले मौन अवधिमा भोट मागेका थिए।
उपमहासचिव गुरुङले एमाले उम्मेदवारलाई मत दिएर जिताउन आफ्नो एकाउन्टबाट बुधबार बिहान भिडियो पोस्ट गरी आचारसंहिता उल्लंघन गरेको आयोगले जनाएको छ।
आयोगले मागेको स्पष्टीकरणमा भनिएको छ, ‘यहाँले मौन अवधिमा एमालेका उम्मेदवारको पक्षमा सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको कार्य निर्वाचन आचारसंहिताको उलंघन भएकाले किन कारबाही गर्नु नपर्ने हो?’
मौन अवधिमा मत मागेको भन्दै विरोध भएपछि उनले बुधबार बिहान नै पोस्ट हटाएका थिए।
प्रकाशित मिति: ०८:३४ बजे, बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











