बाजुरा जाँदै गरेको बस दुर्घटना, ३० यात्रु घाइते

डोटी, वैशाख २९ : कैलालीको अत्तरियाबाट बाजुराको मार्तडी जाँदै गरेको बस आज बिहान डोटीमा दुर्घटना भएको छ।
प्रहरीका अनुसार डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा यात्रुबाहक बस दुर्घटना भएको हो। सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना हुँदा ३० यात्रु घाइते भएका छन्।
दुर्घटनामा घाइते सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। केहीलाई जिल्ला अस्पताल, डोटी ल्याइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:४१ बजे, बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











