Kathmandu Press

गाउँपालिका अध्यक्षका उम्मेदवार रातभर प्रहरीको नियन्त्रणमा

मङ्गलबारे, वैशाख २९ : नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार उदय राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।मौन अवधिमा सन्दकपुर गाउँपालिका–५ को जमुनामा गएराति...
गाउँपालिका अध्यक्षका उम्मेदवार रातभर प्रहरीको नियन्त्रणमा

मङ्गलबारे, वैशाख २९ : नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार उदय राईलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

मौन अवधिमा सन्दकपुर गाउँपालिका–५ को जमुनामा गएराति वडा सदस्यकी उम्मेदवार सीता कार्की सहित पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीय बासिन्दाले घेरेका थिए।

मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले लागि नियन्त्रणमा लिएको हो। जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए।

मौन अवधिमा उम्मेदवार राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासी बासिन्दाले विरोध गरेका थिए। आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए। (रासस)

प्रकाशित मिति: ०७:०९ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्