राजस्थानसँगको खेलमा दिल्ली आठ विकेटले विजयी
काठमाडौं, वैशाख २९ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्स्ले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको छ।मिचेल मार्स र...
काठमाडौं, वैशाख २९ : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्स्ले राजस्थान रोयल्सलाई आठ विकेटले पराजित गरेको छ।
मिचेल मार्स र डेभिड वार्नरले १४४ रनको साझेदारी गरेपछि दिल्लीले फराकिलो जित हासिल गरेको हो। राजस्थानले दिएको १६१ रनको लक्ष्य दिल्लीले १८.१ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको हो।
दिल्लीका लागि मिचेल मार्सले ६२ बलमा ८९ रन र डेभिड वार्नरले ४१ बलमा ५२ रन बनाए। त्यस्तै, ऋषभ पन्तले १३ रन बनाए।
राजस्थानका लागि युजभेन्द्र चहल र ट्रेन्ट बोल्टले एक–एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको राजस्थान रोयल्सले १६० रन बनाएको थियो। राजस्थानका लागि रविचन्द्रन अस्विनले ५० र देवदत्त पाडिकलले ४८ रन बनाएका थिए।
यो जितसँगै दिल्ली १२ अंक जोड्दै अंकतालिकाको पाँचौ स्थानमा उक्लिएको छ। राजस्थान भने १४ अंकसहित तेस्रो स्थानमा छ।
प्रकाशित मिति: ०६:४८ बजे, बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











