Kathmandu Press

पन्ध्र हजार जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं, वैशाख २९ : आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ४०९ जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ।राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा...
पन्ध्र हजार जनाले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं, वैशाख २९ : आर्थिक वर्ष २०७७/७८ मा १५ हजार ४०९ जनाले सम्पत्ति विवरण नबुझाएको पाइएको छ।

राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको प्रतिवेदनअनुसार आव २०७६/७७ को तुलनामा आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाउनेको सङ्ख्यामा बढोत्तरी भएको छ।

आव २०७६/७७ मा कूल ६ लाख ५० हजार १२८ अर्थात् ९७.२८ प्रतिशतले सम्पत्ति विवरण बुझाएका थिए। आव २०७७/७८ मा कूल ६ लाख ८१ हजार २१५ अर्थात् ९७.७९ प्रतिशतले विवरण बुझाएका छन्।

केन्द्रका अनुसार सङ्घीयतर्फ नौ हजार ७९७, प्रदेशतर्फ ५७४ र स्थानीय तहका पाँच जार ३८ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्।

केन्द्रका सचिव सुशीलचन्द्र तिवारीले आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई प्रतिवेदन बुझाएका हुन्।

केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीका अनुसार प्रतिवेदन ग्रहण गर्दै प्रमुख आयुक्त राईले आगामी दिनमा आयोग र केन्द्रले एक अर्कामा समन्वय र सहकार्य बढाउने बताए।

 

प्रकाशित मिति: ०६:२५ बजे, बिहीबार, वैशाख २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्