Kathmandu Press

मतदान केन्द्र जाँदा के गर्ने के नगर्ने ? 

काठमाडौं, वैशाख २८ : मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको छ ।मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो...
मतदान केन्द्र जाँदा के गर्ने के नगर्ने ? 

काठमाडौं, वैशाख २८ : मतदान गर्न मतदान केन्द्र जाँदा मोबाइल तथा प्रज्वलनशील पदार्थ लैजान नपाइने भएको छ ।

मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटर, एसिड, हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू लैजान नपाइने आयोगले जनाएको हो ।

“कुनै राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनाउने कुनै वस्तु लैजान नपाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,” आयोगले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ, “उपरोक्त बमोजिमका कुनै कार्य कहीँकतैबाट भएमा कानुन बमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालाहरूलाई आयोग अपिल गर्दछ ।”

प्रकाशित मिति: २०:४७ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्