Kathmandu Press

मतदान अधिकृत दुर्घटनामा परी घाइते

धनगढी, बैशाख २८ : धनगढीका मतदान अधिकृत दुर्घटनामा परेर घाइते भएका छन्।धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत...
मतदान अधिकृत दुर्घटनामा परी घाइते

धनगढी, बैशाख २८ : धनगढीका मतदान अधिकृत दुर्घटनामा परेर घाइते भएका छन्।

धनगढी–२, वैयाबेहडीस्थित शारदा माध्यमिक विद्यालयमा रहेको मतदान स्थलमा जाँदै गर्दा मतदान अधिकृत दिजराज भट्ट दुर्घटनामा परेर घाइते भएका हुन् ।

भट्ट सवार से१प ११६८ नम्बरको मोटरसाइकलसँग सु.प ०१.००१ च.२८८९ स्कारपियो ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घाइते भट्टलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। मतदान केन्द्रमा उनको सट्टा नयाँ मतदान अधिकृत खटाइएको छ।

प्रकाशित मिति: २०:०९ बजे, बुधबार, वैशाख २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्